नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू , तथ्याङ्क प्रयोग गर्न कति तिर्नु पर्छ शुल्क ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू , तथ्याङ्क प्रयोग गर्न कति तिर्नु पर्छ शुल्क ?



नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ‘तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७९’ सार्वजनिक गरेको छ । नेप्सेले कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्याङ्क प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको हो ।नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजात सहित नेप्सेमा निवेदन दिनुपर्नेछ भन्ने व्यवस्था भएको हुँदा ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुले चालु आ.व. २०७९,८० को लागि ३० दिन भित्र आवेदन दिनुपर्नेछ ।

आफ्नो तथ्यांकलाई सुरक्षित र भरपर्दो बनाउनको लागि नेप्सेले कार्यविधि मार्फत शुल्क तोकेर काम गर्न लागेको हो । कार्यविधिका अनुसार अब विभिन्न व्यक्ति तथा संघ संस्थाले नेप्सेको तथ्यांक प्रयोग गर्नको लागि शुल्क तिर्नुपर्ने भएको छ ।

इन्भेष्टमेन्ट कम्पनी, सञ्चार माध्यम, तथ्यांक वितरक, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्था लगायत विदेशी कम्पनी वा व्यक्तिले नेप्सेको तथ्यांक प्रयोग गर्नको लागि तोकिएको शुल्क तिर्नुपर्ने भएको हो । अब विभिन्न व्यक्ति तथा संस्थाले एक मिनेटदेखि ५ वर्षसम्मको समयावधि तोकेर शुल्क निर्धारण गरेको छ । नेप्सेले व्यक्ति तथा संस्थालाई मासिक न्यूनतम एक हजार रुपैयाँदेखि ५ वर्षसम्म अधिकतम २ लाख रुपैयाँसम्म शुल्क तोकेको छ । उक्त शुल्क तथ्यांक प्रयोगकर्ताले नेप्सेलाई अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

यस सम्बन्धि विस्तृत जानकारीका लागि नेप्सेको प्रणाली संचालन शाखामा सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार १६:०५