नेप्से परिसूचक ६.४३ अंकले घट्याे, कारोबार रकम २ अर्ब माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ६.४३ अंकले घट्याे, कारोबार रकम २ अर्ब माथि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले गिरावट आएको छ । आज नेप्से ६.४३ अंकले घटेर एक हजार ९ सय ५८ दशमलब ९४ विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स २.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक बढेको छ।

त्यस्तै, आज शेयरबजार घटेपनि कारोबार रमममा भने बृद्धि भएको छ । नेप्सेमा २ अर्ब १० करोड ९१ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२४ कम्पनीमध्ये ५६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य ८.१३ प्रतिशतले बढेर प्रतिकित्ता १९८.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार ग्लोबल आईएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज १५ करोड १६ लाख १३ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार १५:३७