आज १८ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आज १८ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी मंसिर २० गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी माघ २४ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते परिपक्व हुनेछ । यसअघि बैंकले ९१ अवधिको ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँ गरी कुल १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार ११:३३