एनसीसी बैंक र दराज बीच ११.११ मा छुट सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंक र दराज बीच ११.११ मा छुट सम्झौता



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । एन.सी.सी बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार एन.सी.सी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु ३,००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ ।

यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार १५:२०