बैंकका विरुद्ध सडकमा उत्रिए बैंक सञ्चालक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकका विरुद्ध सडकमा उत्रिए बैंक सञ्चालक



काठमाडाै । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज विरुद्धको आन्दोलन देशव्यापी बन्दै गएको छ । बैंक तथा वित्तिय क्षेत्रका कारण उद्योग व्यवसायमा प्रतिकुल असर पर्न थालेको भन्दै सडक आन्दोलन शुरु गरेका छन् । बैंक तथा वित्तीय समस्या समाधानार्थ शुक्रबार उद्योगीव्यवसायीले काठमाण्डौको माइतीघरमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका हुन ।

बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा उद्योगीव्यासायीले आज माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका उद्योगीव्यसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैंकिङ आतंक बन्द गर’लगायतका मागसहितका पम्प्लेट बोकेका छन् ।

सो आन्दोलनमा एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई सिटिजन्स बैंकका सञ्चालक प्रवलजंग पाण्डे समेत सहभागी छन् । प्रदर्शनमा खाद्य व्यापार संघ ललितपुर, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल तयारी पोसाक संघ, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ, भक्तपुर उघोग वाणिज्य संघ, ललितपुर उद्योग वाणिज्य संघलगायतमा आबद्ध उद्योगव्यवसायी सहभागी भएका छन्।

नेपाल उद्योग वाणिज्य संघ काठमाडाैको अगुवाइमा उद्योगी–व्यासायीहरुले माइतीघरमा शान्तिपूर्ण मौन विरोध थालेका हुँन । देशभरका व्यवसायी अहिले बैंकको बढ्दो ब्याजदर, प्रिमियमलगायतको आन्दोलन गरिरहेका छन्।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार १२:२७