अब ब्याजदर घटाऔँ ः बैकर्स संघ अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब ब्याजदर घटाऔँ ः बैकर्स संघ अध्यक्ष



काठमाडाैं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले अहिलेको समयमा बैकिङ क्षेत्रमा प्रत्यक्ष चुनौति देखिएको बताए । बैंकहरुमा कस्ट मात्रै बढिरहेको हुँदा आगामी दिनमा ब्याजदर घटाउनु पर्ने उनको भनाई छ । तराई विकास तथा सञ्चार केन्द्रले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुँन् ।

उनले २०७८ असारमा ८.४३ प्रतिशतमा रहेको कर्जाको औसत दर २०७९ को भदौ महिनासम्म आईपुग्दा बढेर १२ प्रतिशत पुगेको भन्दै उपाध्यायले निक्षेपको ब्याजदर बढ्दा बैंकहरुको बेस रेट बढ्न गई कर्जाको ब्याजदर बढाउनुपर्ने बाध्यात्मक अवस्था आएको बताएका छन्।

त्यसैगरी उनले मुलुकको विकासका लागि कृषि उत्पादनमा ध्यान दिईनुपर्ने बताएका छन्। उनले भने, खाद्यान्नमा आत्मनिर्भर हुन सकियो भने नेपाल कहिल्यै पनि संकटमा नजाने र कृषि क्षेत्रमा लगानी गर्न बैंकहरु पनि रहेको भन्दै उपाध्यायले आयात घटाउनु र निर्यात बढाउनु नै अहिलेको समस्याबाट बाहिर निस्किने एकमात्र उपाय भएको बताएका छन्।

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार १६:५८