क्यान महासंघका अध्यक्ष असोसियोको उपाध्यक्षमा निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

क्यान महासंघका अध्यक्ष असोसियोको उपाध्यक्षमा निर्वाचित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुंवर एशियन–ओसियन कम्प्युटिङ ईण्डष्ट्रि अर्गनाईजेशन (असोसियो) को सन् २०२३-२४ कार्यकालको निम्ति उपाध्यक्षमा निर्वाचित भएका छन ।

सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुंवर सो पदमा निर्वाचित भएका हुन। यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सह–उपाध्यक्षको जिम्मेवारीमा थिए । कुंवर सन् २०१९ मा क्यान महासंघको अध्यक्ष निर्वाचित भएका हुन ।

इन्फर्मेशन सर्भिस ईण्डष्ट्रि एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाल लगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हंङगकंङ, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन ।

एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार १२:०५ 3 November, 2022 12:05 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।