इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिको भयो हात खाली ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिको भयो हात खाली ?



काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा कुल ६२ हजार ५१९ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

कम्पनीका कर्मचारीहरुबाट १ हजार ८०१ कित्ता सेयरका लागि आवेदन नपरेपछि उक्त सेयर पनि सर्वसाधारणलाई थप गरी बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ । आइपीओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकामा १ हजार ९९६ जनाको आवेदन रद्द भएको थियो ।

इस्टर्नले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ५५ अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

आइपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र निष्कासनकर्ता इस्टर्न हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार ११:३०