प्रभु बैंकका ग्राहकलाई जिपलाइनका सेवामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

बैंक / वित्त

प्रभु बैंकका ग्राहकलाई जिपलाइनका सेवामा

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले कुश्माको हार्नेस् जिपलाइनको विभिन्न सेवाहरुमा छुट पाउने भएका छन्। बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइनका तर्फबाट अध्यक्ष विदुर पौड्यालले सम्झौतामा हस्ताक्षर गरेका छन्।

बैंक र जिपलाइनबीच भएको सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबैले हार्नेस् जिपलाइनले संचालन गरिरहेको ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

सम्झौता अन्तर्गत हार्नेस् जिपलाइनमा प्रभु बैंकको डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने बैंकले जनाएको छ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार १६:४८ 2 November, 2022 4:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।