प्रमुख राजनितिक दलका घोषणापत्रमा यस्ता छन् पुँजी बजार सुधारका योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रमुख राजनितिक दलका घोषणापत्रमा यस्ता छन् पुँजी बजार सुधारका योजना



काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेका छन् । विशेष गरी राजनीतिक दलका घोषणापत्र आर्थिक गतिविधी र रोजगारी सिर्जनामा केन्द्रित भएको देखिन्छ ।

हालसम्म नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा एमालेले मंसिरमा हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन् । दलहरुले सार्वजनिक गरेको घोषणा पत्र, प्रतिबद्धता पत्र साथै भावी योजनाहरुमा पुँजीबजारका कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।

नेकपा एमाले

नेकपा एमालेले घोषणापत्र सार्वजनिक गर्दै पुँजीबजार तथा वित्तबजार व्यवस्थापनका लागि पार्टीभित्र आवश्यक संयन्त्र बनाउने बताएको छ । त्यस्तै, पैसा नहुनेलाई पनि जलविद्युत आयोजनाको शेयर दिने योजना ल्याएको छ ।

देशको जलस्रोतको लाभ सबै नागरिकमा पुऱ्याउन आकर्षक जलविद्युत् परियोजनामा जनता, सहकारी संस्था र सरकारको संयुक्त लगानी प्रवर्द्धन गरिने उल्लेख छ ।

साथै, घोषणापत्रमा भनिएको छ ‘बचत गर्न नसक्ने व्यक्तिहरूलाई पनि यस्ता परियोजनामा शेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गरिने छ ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)


नेकपा माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने उल्लेख छ ।

त्यस्तै,गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई द्रुतकासाथ अघि बढाइने उल्लेख छ । पुँजीबजारमा विदेशी संस्थागत लगानीलाई क्रमशः खुला गर्न आवश्यक कार्ययोजना तयार गरी लागु गरिने पनि जनाएको छ ।


पुँजीबजारबाट परिचालित स्रोत र तिनको कारोबारबाट बढी भन्दा बढी जनसंख्याले लाभ प्राप्त गर्न सक्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने व्यवस्था गरिने माओवादी केन्द्रको अठोट छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा पूँजी बजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाईने, विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गरिने उल्लेख छ ।

एकीकृत समाजवादी पार्टी

एकीकृत समाजवादी पार्टीले पनि आफ्नो घोषणापत्रमा पँजीबजारलाई घरघरमा बिजुली–जनजनमा शेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने गरि व्यवस्था मिलाइने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

‘यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि शेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने छ,’ घोषणा पत्रमा लेखिएको छ ।

नेपाली काँग्रेस

नेपाली काँग्रेसले पनि आफ्नो घोषणापत्रमा पँुजीबजारलाई पुँजी प्रवद्धुन गर्न आयकर ऐनमा संशोधन गर्ने तथा प्रत्यक्ष विदेशी लगानीको सीमालाई लचिलो बनाइने उल्लेख छ ।

धितापत्र सम्बन्धी ऐन तथा कानुनहरुमा सरोकावालाहरूसँग छलफल गरी पुँजी बजार सम्बन्धी ऐन काननन तथा विनियमावलीहरुमा समसामयिक सुधार गनुपर्र्नेे नेपाल धितोपत्र बोर्डलाई पुर्ण स्वायत्त निकायको रुपमा विकास गर्ने र पुँजी बजारमा विदेशी लगानीकर्तालाई लगानी गर्न खुल्ला गर्न पहल गर्ने रहेको छ ।

सरकारी सरचना र संयन्त्रमा कार्यरत कर्मचारीहरुलाई निजी क्षेत्रमैत्री उद्यम अनुकुल बनाउन सघन क्षमता अभिवृद्धि कायक्रम सञ्चालन गरिर्ने उल्लेख छ । त्यस्तै, विदेशबाट फर्किएका युवालाई ‘अबको जीवन स्वदेश’ मै नीति अन्र्तगत उनीहरूले विदेशबाट हासिल गरेको सीप र आर्जन गरेको पुँजीको आधारमा स्थानीय तहसँग सहकार्य गरी उद्यममा संग्लन गराउन प्रेरणा र प्रोत्सानको कार्ययोजना बनाइने रहेको छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार १३:५७