राप्रपाको घोषणापत्र सार्वजनिक, यस्ता छन् कार्यक्रम(पुर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राप्रपाको घोषणापत्र सार्वजनिक, यस्ता छन् कार्यक्रम(पुर्णपाठ)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता गरेको छ । आफूहरूले जित्ने पालिकामा हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्यूनतम करको व्यवस्था गरिने राप्रपाले घोषणा गरेको छ ।

त्यस्तै, सबै नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गरिने, बरू नष्ट हुन्छौँ भ्रष्ट हुँदैनौँ भन्दै पार्टीले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानूनी व्यवस्था गर्ने कुरा पनि उल्लेख गरिएको छ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १४:३४