सोल्टी होटलले २६ प्रतिशत बोनस वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सोल्टी होटलले २६ प्रतिशत बोनस वितरण गर्ने



काठमाडाैं । सोल्टी होटलले आफ्ना शेयर धनीहरुलाई २६ प्रतिशतभन्दा बढी लाभांश दिने भएको छ । होटलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहलाई २६.३१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यो निर्णय आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा आह्वान गर्ने निर्णय समेत गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

बुकक्लोज अनुसार पुस ६ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको समेत २१.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

हाल होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ रहेको छ । ४ करोड २१ लाख २८ हजार ९८६ रुपैयाँ बोनस वितरणपछि होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख ८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १३ कार्तिक २०७९, आईतवार १४:११