कुमारी बैंकको बदमासीः नियम विपरित निःशुल्क जीवन बीमा प्रचार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको बदमासीः नियम विपरित निःशुल्क जीवन बीमा प्रचार



काठमाडाैं । कुमारी बैंकले नियम विपरित निःशुल्क जीवन बीमाको प्रचार खुल्न आएको छ । बैंकले नेपालमै पहिलो पटक मुद्दती निक्षेप खातामा एक करोडसम्मको निःशुल्क जीवन बीमा भन्दै प्रचार गरिएको छ ।

मुद्दती खातावालाले बीमाको प्रिमियम तिर्नु नपर्ने भनिएको छ । नियम अनु्सार बीमा निःशुल्क हुँदैन । प्रिमियम तिरे पछि मात्रै बीमा हुन्छ । बैंकहरुले बीमाका योजना ल्याए पनि बैंकहरुले बीमा शुल्क भुक्तानी गरे पछि मात्रै बीमा हुन्छ ।

तर कुमारी बैंकले आमसर्वसाधारणलाई भ्रम सिर्जना गर्दै निः शुल्क बीमाको प्रचार गर्दै आएको हो । नेपालको बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले समेत कुनै पनि बीमाका नाममा निः शुल्क बीमा भनेर प्रचार नगर्न निर्देशन दिए पनि त्यसको वेवस्ता कुमारी बैंकले गरेको हो ।

बीमा समितिका एक अधिकारी भन्छन्-मुद्दती खातावालाले बीमाको प्रिमियम तिर्नु नपर्ने भनिए पनि सो रकम निक्षेपकर्ताहरुबाटै असुल उपर गरि भुक्तानी दिने हुनेले निः शुल्क बीमा भन्नु गलत रहेको बताए । बैंकले महालक्ष्मी लाइफ सँग सहकार्यमा यस्तो योजना ल्याएको हो ।

यस्तो छ प्रचार

प्रकाशित : १३ कार्तिक २०७९, आईतवार १४:०७