मल्टीपर्पस फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मल्टीपर्पस फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने



काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ। हाल कम्पनीको शेयर संरचना संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत रहेकोमा अब संस्थापक समूहको ५१ प्रतिशत सर्वसाधारणको ४९ प्रतिशत बनाउन लागेको जनाएको छ ।

संस्थापक समूहको ५१ प्रतिशत कायम राखी बाँकी शेयर सर्वसाधारण समूहमा परिणत गर्ने निर्णय भएको हो । कुनै संस्थापक समूहमा रहेका शेयरधनीले आफ्नो नाममा रहेको शेयर सर्वसाधारण समूहमा परिणत गर्न नचाहेमा सोको जानकारी ३५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा जानकारी गराउनुपर्नेछ ।

प्रकाशित : १३ कार्तिक २०७९, आईतवार १२:४८