सिद्धार्थ बैंकका ग्राहकलाई ४ सय रुपैयाँको क्यासब्याक अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकका ग्राहकलाई ४ सय रुपैयाँको क्यासब्याक अफर



काठमाडौं। सिद्धार्थ बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ४ सय रुपैयाँ क्यासब्याक योजना ल्याएको छ। योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक ५ सय रुपैयाँ वा सोभन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा ४ सय रुपैयाँ क्यासब्याक दिने बैंकले जनाएको छ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले विद्युतीय भुक्तानीलाई बढावा दिन यस प्रकारको योजना ल्याएको जनाएको छ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार १५:५९