नेपाल लाइफले अभिकर्ताहरुको लागि ल्यायो तिहार स्किम, उत्कृष्टले चाँदीको सिक्का पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफले अभिकर्ताहरुको लागि ल्यायो तिहार स्किम, उत्कृष्टले चाँदीको सिक्का पाउने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुको लागि तिहार स्किम ल्याएको छ। कम्पनीले अभिकर्ताहरुलाई प्रोत्साहन गर्ने हेतुले यो स्किम ल्याएको जवनाएको छ । कम्पनीले तिहारको लागि नेपाल लाइफ तिहार धमाका स्किम ल्याएको हो ।

जसमा ५ हजार प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले चाँदीको सिक्का उपहार पाउनेछन् । अभिकर्ताले २५ हजार रुपैयाँ प्रथम बीमा शुल्क बराबर एउटा चाँदीको सिक्का उपहार पाउनेछन् ।

टिम विजनेसतर्फ पाँच लाख प्रिमयम बराबर १० ग्रामको चाँदीको सिक्का पाउने भएको छ ।यो योजना अभिकर्ताहरुको लागि कात्तिक १ गतेदेखि ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित : 21 October, 2022 11:58 am