नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५० करोडमा झर्‍यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५० करोडमा झर्‍यो



काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । आज नेप्से १.३८ अंकले घटेर एक हजार ८ सय ४४ दशमलब १४ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक बढेको छ।

आज शेयरबजार संगै कारोबार रकम पनि खुम्चिएको छ । आज ५० करोड ७६ लाख ८९ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२१ कम्पनीमध्ये ७८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, १० कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सयपत्री हाइड्रोपावरको शेयरमुल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज सेन्चुरी डिबेन्चर २०८८ र सामुदायिक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तिय संस्थाको भएको छ । यसको आज ३ करोड ६९ लाख ५२ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार १५:२७