धौलागिरी लघुवित्तको शेयर आइतबारबाट कारोबारमा आउने,ओपनिङ रेन्ज कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धौलागिरी लघुवित्तको शेयर आइतबारबाट कारोबारमा आउने,ओपनिङ रेन्ज कति ?



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओ बिहीबार नेप्सेमा सूचीकृत भएको छ । धौलागिरीको चुक्ता पुँजीका आधारमा कायम १० लाख ३१ हजार कित्ता शेयर सूचीकृत भएको हो ।

योसंगै लघुवित्तको शेयर कारोबार कात्तिक ६ गते आइतबारबाट खुला हुनेछ । नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज पनि तोकेको छ ।

जसअनुसार पहिलो कारोबार न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसाभित्र रहेर हुनेछ । ‘डीएलबीएस’ संकेतमा यसको शेयर कारोबार खुला हुनेछ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार १३:२२