एभरेष्ट बैंकले मनायो २८ औं वार्षिकोत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकले मनायो २८ औं वार्षिकोत्सव



काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकको प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नेत्र ज्योती संघलाई डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँचने मेशिन खरिद गर्नका लागि रु. ४,८०,२५०।– आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योती संघका बोर्ड सदस्य द्रोण गुरगाँईलाई उक्त कार्यक्रमका बिच सो चेक हस्तान्तरण गरेका हुन्।

साथै बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागि गोदावरी नगरपालिका वडा नं. ३ संग सम्झौता गरेको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानु राजा घिमिरेलेसो सम्झैतामा हस्ताक्षर गरेका हुन ।

बैंकले १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएम सहित बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको जनाएको छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार ११:१६