सहकारी कर्मचारीमाथि गोली प्रहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी कर्मचारीमाथि गोली प्रहार



काठमाडौं । सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । सर्लाहीको बागमती नगरपालिका-१ मिलनचोकमा लालबन्दी नगरपालिका-२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिकाको मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा प्रहार गरिएको गोलीले उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले गोली हानेर फरार भएका थिए । उनलाई भारतीय अपराधीले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार १६:०४