चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?



काठमाडौं । आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट हालसम्म नेप्सेमा सूचिकृत ४ वटा वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका छन । यसमध्ये कसैको साधारणसभा सम्पन्न भएर लाभांस पनि पारित भइसकेको छ भने कुनैको सभा गर्ने तयारीमा छन् ।

हालसम्म लाभांश घोषणा गर्ने ४ वटा वाणिज्य बैंकहरुमा कुमारी बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड,नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) र बैंक अफ काठमाण्डू लिमिटेड रहेकाे छ ।

यी हुन हालसम्म लाभांश घोषण गरेका ४ बाणिज्य बैंकहरु

१. कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको बाईसौँ वार्षिक साधारण सभा कात्तिक २१ गते, सोमबार कुमारी बैंकको नक्साल कार्यालयमा बिहान ११ बजेदेखि संचालन गरिनेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तर मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ । त्यसैले असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
२. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभा कार्तिक ४ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा हुँदैछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज २८ गते एकदिन बुकक्लोज गरिसकेको छ ।
३. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद गरी कुल ११.२९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । हालसम्म बैंकले साधारण सभा र बुकक्लोज मिति तोकेको छैन ।
४. बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । बैंकले पनि हालसम्म साधारण सभा र बुकक्लोज मिति तोकेको छैन ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार १२:२७