सानिमा र जनरल इन्स्योरेन्सको कात्तिक ७ बाट एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सानिमा र जनरल इन्स्योरेन्सको कात्तिक ७ बाट एकीकृत कारोबार



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार कात्तिक ७ गतेबाट हुने भएको छ। मर्जरपछि सानिमा जीआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट निर्जीवन बीमा सेवा सञ्चालन हुने भएको हो।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा समितिले असोज १४ गते र कम्पनी रजिस्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिएका थिए। यी दुवै कम्पनीको गत असोज ११ गते बसेको विशेष साधारणसभाले मर्ज प्रक्रियालाई स्वीकृत गरेको थियो।

दुवै कम्पनीबीच गत असार २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतासँगै दुवै कम्पनीको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा रोक्का छ।

हाल सानिमा र जनरल इन्स्योरेन्सको चुक्तापुँजी १–१ अर्ब रुपैयाँ रहेको छ। मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलवार १६:५१