दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाको आग्रह

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ महानगरपालिकाले दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। महानगरको राजश्व विभागले सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्द महानगरमा दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो।

सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेतले समेत महानगरपालिकामा व्यवसाय दर्ता गर्नु पर्ने र दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएकोले दर्ता गर्न महानगरले आग्रह गरेको हो।

महानगरले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न अनुरोध गरेको छ। महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौँ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने महानगरले जनाएको छ। साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची-७ को बुदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२।०७३ लाई आधार वर्षका रूपमा लिई व्यवसाय कर असुली गरिने समेत महानगरले जनाएको छ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार १२:५६ 18 October, 2022 12:56 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।