२.६१ अंकले घट्यो नेप्से, कारोबार रकम ५१ करोडमा सिमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२.६१ अंकले घट्यो नेप्से, कारोबार रकम ५१ करोडमा सिमित



काठमाडौं । आइतबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । आज नेप्से २.६१ अंकले घटेर एक हजार ८ सय ५७ दशमलब ५४विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ।

आज पुँजीबजार संगै कारोबार रकम पनि खुम्चिएको छ । आज ५१ करोड ५८ लाख १८ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज कारोबार भएका २१९ कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि आज दुई कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०८ रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमुल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबील बैंकको भएको छ । यसको आज २ करोड ७९ लाख १९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार १५:३०