निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ३ अर्ब माथी, सबैभन्दा अगाडि राष्ट्रिय बीमा कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ३ अर्ब माथी, सबैभन्दा अगाडि राष्ट्रिय बीमा कम्पनी



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँभन्दा धेरै बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको भदौ महिनाको तथ्यांक अनुसार अघिल्लो महिनाको तुलनामा बीमा कम्पनीहरुको कुल बीमा शुल्क २४.०५ प्रतिशतले घटेको हो ।

साउन महिनामा निर्जीवन कम्पनीहरुले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

यस अवधिसम्ममा २ लाख २३ हजार ७२७ वटा बीमालेख जारी गरिएको छ । भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ४५ हजार ३६९ वटा बीमालेख जारी गरी ७ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्न राष्ट्रिय बीमा कम्पनी सफल भएको छ । यो कम्पनीले यस अवधिमा ३६ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले भदौमा ३१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी यस अवधिमा नेको इन्स्योेरेन्स कम्पनीले २६ करोड ८६ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीले २६ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ इस्योरेन्सले २३ करोड ५७ लाख रुपैयाँ र हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले २३ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

समितिका अनुसार नेपाल इस्योरेन्स कम्पनीले १४ करोड ८८ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले ११ करोड ८५ लाख, नेशनल इन्स्यारेन्सको ८ करोड ५० लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ९ करोड ७२ लाख, प्रिमियर इन्स्योरेन्सको १९ करोड ८८ लाख, प्रभु इन्स्योरेन्सको १९ करोड ५१ लाख, आईएमई जनरल इन्स्यारेन्सको १२ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ७८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २० करोड २१ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको १५ करोड १६ लाख, सानिमा जनरल इन्स्योरेन्सको ८ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै सबैभन्दा कम कुल बीमाशुल्क आर्जन जनरल इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले भदौमा ६ करोड ६३ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार १६:२५