वैदेशिक रोजगार बीमालेखबाट कति शुल्क उठ्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वैदेशिक रोजगार बीमालेखबाट कति शुल्क उठ्यो ?



काठमाडौं । जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन हुने बीमाशुल्क भदौ महिनामा बढेको छ । बीमा समितिका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा ९ कम्पनी मध्ये ७ जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्रीवापत जम्मा ३१ करोड ६८ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

भदौ महिनासम्ममा भने ५६ करोड २३ लाख रूपैयाँ संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कम्पनीहरूले २४ करोड ५४ लाख ८५ हजार रूपैयाँ संकलन गरेका थिए ।

त्यसैगरी, कम्पनीहरूले भदौ महिनामा ७८ हजार ६७ वटा बीमालेख जारी गरेका छन् । कम्पनीले उक्त म्यादी बीमालेख साउन महिनामा ५९ लाख ६१२ वटा जारी गरेका थिए ।

समितिको तथ्याङक अनुसार भदौ महिनामा सबैभन्दा बढी सन नेपाल लाइफले १४ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सले ६ करोड ३५ लाख रूपैयाँ, ज्योति लाइफले ३ करोड ४ लाख रूपैयाँ, आइएमई लाइफले ९८ लाख रूपैयाँ, रिलायबल नेपाल लाइफले २ करोड १२ लाख रूपैयाँ, सिटिजन लाइफले २ करोड ३१ लाख रूपैयाँ र सानिमा लाइफले २ करोड ८५ लाख रूपैयाँ संकलन गरेका छन् ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार १२:३९