जीवन बीमा कम्पनीले आर्जन गरे २६ अर्बभन्दा बढी बीमा शुल्क,कसको कति ? (सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जीवन बीमा कम्पनीले आर्जन गरे २६ अर्बभन्दा बढी बीमा शुल्क,कसको कति ? (सूचिसहित)



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ) सम्ममा २६ अर्ब ३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको भदौ महिनाको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ७.५२ प्रतिशतले कम हो ।गत आर्थिक वर्षको भदौ महिना सम्ममा जीवन बीमा कम्पनीहरुले २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८० करोड ४९ लाख रुपैयाँ प्रथम बीमाशुल्क र २१ अर्ब २२ करोड ७८ लाख रुपैयाँ नवीकरण शुल्क गरी कुल २६ अर्ब ३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै जीबन बीमा कम्पनीहरुले १० अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले उपलब्ध गराएको तथ्याङकमा देखिएको छ । त्यसैगरी, भदौ महिनामा जीवन बीमा कम्पनीहरुले १४ लाख ७४ हजार ३९७ वटा जीवन बीमालेखहरु जारी गरेका छन् । हाल १ करोड ४० लाख १४ हजार ८६६ वटा बीमालेख सकृय रहेको समितिको तथ्यांक छ ।

जीवन बीमा अन्तर्गत बीमाशुल्क आर्जन गर्नेमा अब्बल नेपाल लाइफ रहेको छ । यसले ७ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २९.२९ प्रतिशत हो । गत आर्थिक वर्षको साउनसम्ममा कम्पनीले ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो ।

नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा महालक्ष्मी लाइफले भने कुल बीमाशुल्क उल्लेख्य बढाएको छ । यस अवधिमा महालक्ष्मीको बीमाशुल्क ३९.६३ प्रतिशतले बढेर २७ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो । यस्तै, नेशनल लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, सानिमा लाइफ, सूर्या लाइफ, एशियन लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सको बीमाशुल्क पनि १० प्रतिशत भन्दा धेरैले बढेको छ ।

सबैभन्दा कम बीमा शुल्क बढाउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । सबै भन्दा धेरै बीमाशुल्क आर्जन गरेको नेपाल लाइफको बीमाशुल्क ०.१० प्रतिशतले बढेर ७ अर्ब ६२ करोड ५७ लाख रुपैयाँमा पुगेको हो ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार ११:४८