सेयर विश्लेषक डा. तिवारी चुनावी मैदानमा, सिरहा ४ बाट दिए उम्मेदवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर विश्लेषक डा. तिवारी चुनावी मैदानमा, सिरहा ४ बाट दिए उम्मेदवारी



काठमाडाैं । सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका डा. बिमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । उनले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा भएका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि उनले आफ्नो उपस्थिति विद्यमान समयमा व्यक्तिगत सृजना र स्वार्थका कार्यभन्दा सामाजिक उत्तरदायित्व र जवाफदेहीतालाई अर्थपूर्ण ठानेको बताएका छन् । आफूले यसपटकको चुनावमा जनताको तर्फबाट जनताको जीत सुनिश्चित गर्न निश्चित लक्ष्यका साथ प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको उनले बताए । आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता गरिएको थियो ।

उनी लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । उनले भर्खरै भारतको मैसुर विश्व विद्यालयबाट मौद्रिक नीतिमा विद्याबारिधि गरेका छन् । आफूले युवाहरुको आवाज संसदमा पुर्याउने भएकाले मतदाताले आफूलाई विजय गराउनेमा ढुक्क रहेको बताए ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलवार १६:३४