दशैं विदामा यी बैंकका ‘दशैं काउण्टर’ मार्फत सेवा लिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दशैं विदामा यी बैंकका ‘दशैं काउण्टर’ मार्फत सेवा लिन सकिने



चाडपर्वको समयमा सबै क्षेत्रमा बिदा भएपनि विभिन्न बैंकहरु भने खुल्ने भएका छन् । बैंकहरुले दशैैंको समयमा पनि केही शाखा खोलेर सेवा दिने भएका छन् । बैंकहरुले बिदाको दिनमा पनि बिहान ११ देखि २ बजेसम्म केही काउन्टर खुला हुने भएको छ ।

चाडपर्वको समयमा पनि ती शाखाबाट सेवाग्राहीले सहजै सेवा पाउन सक्नेछन् । बैंकहरुले दशैंको टिकाको दिन बाहेक अन्य ५ दिन सातै प्रदेशमा काउन्टर खोल्ने भएको हो । जसमध्ये, एनआइसी एसिया बैंकको दशैं काउण्टर दशैंभर खुल्ला रहने छ ।

प्रकाशित : १६ आश्विन २०७९, आईतवार १९:१३