काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २३.८३ अंकले घटेर एक हजार ८ सय १५ दशमलब १४ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ३.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक घटेको छ।
त्यस्तै, आज शेयरबजारमा गिरावट आएपनि कारोबार रकममा भने सुधार आएको छ । आज नेप्सेमा एक अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२८ वटा कम्पनीहरुमध्ये १२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। जसमा अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज तेह्रथुम पावर कम्पनी र कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २६ करोड २ लाख ५७ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment