बीमा समितिको अध्यक्ष बन्न चर्को राजनीतिक दौडधुप, कस्ले मार्ला बाजी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बीमा समितिको अध्यक्ष बन्न चर्को राजनीतिक दौडधुप, कस्ले मार्ला बाजी ?



काठमाडौं, १० पुस  ।  पछिल्लाे समय निकै अाकर्षाक मानिएको बीमा व्यवसायको एकमात्र नियामक निकाय संस्था बीमा समितिको अध्यक्ष पदमा राजनीतिक नियुक्ति पाउन चर्को दौडधुप चलेको छ । समितिको अध्यक्ष बन्न रविन्द्र घिमिरे, केवी बस्नेत, रणबहादुर श्रेष्ठ, केशव भट्टराई,  ऋषिराम गौतम, चिरञ्जीवि चापागार्इ, विजयबहादुर शाह, जनार्दन आचार्य, कृष्णप्रसाद आचार्य, श्रीमान् कार्की, रमेशकुमार भट्टराई, अश्विनीकुमार ठाकुर,  केशव दुवाडी, चिरायु भण्डारी, नरेन्द्र सिंह लगायत शक्ति केन्द्रमा  लविङ  गर्दै अाएका थिए ।

तर पछिल्लो समय राष्ट्र बैंकको पोखरा कार्यालयको प्रमुख रहेका चिरञ्जीवि चापागाई र हाल प्रभु बैंकको सञ्चालक रहेका ऋषिराम गौतममध्ये एक जना बीमा समितको अध्यक्ष बन्ने चर्चा बीमा क्षेत्रमा छ । चापागाई सुरुदेखि नै माओवादी पार्टीसँग नजिक रहेका व्यक्ति हुन् ।

केसीको सपना चक्नाचुर

बीमा समितिको अध्यक्षमा तेस्रो कार्यकालको लागि लविङ गर्दै आएका बर्तमान अध्यक्ष फत्तबहादुर केसी प्रतिस्पर्धाबाट भने बाहिरिएका छन् । अध्यक्षको गत विहीबारबाट कार्यकाल सकिए पछि बिमा समितिमा अध्यक्षको पद रिक्त छ ।
उनि २०६५ सालमा  माअोवादी नेतृत्वको सरकारका  अर्थमन्त्री डा बाबुराम भट्टराईको सिफारिसमा बीमा समितीको अध्यक्ष भएका थिए । उनकाे पहिलो कार्यकाल नसकिदै बाबुराम २०६८ सालमा प्रधानमन्त्री भए केसीलाई पुन उनले त्यही पदमा केसीलाई स्थापित गराए । तर, अहिले पनि माअोवादी केन्द्र नै नेतृत्वमा रहेको सरकाबाट तेस्रो पटक बीमा समितीको अध्यक्ष बन्ने दाैडमा थिए । तर माअोवादी नेतृत्वले नयाँ मान्छे ल्याउने मनासाय अाए पछि उनको अध्यक्ष बन्ने सपना चक्नाचुर बन्न पुगेको हो ।

प्रकाशित : १० पुष २०७३, आईतवार ०६:५१