काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले घटेको छ । आज नेप्से ९.८३ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ९६ विन्दुमा पुगेर बन्द भएको हो । आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाईधनीले ४ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् । आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले २ प्रतिशतका दरले कमाएका छन् ।
सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । बैंकका इकाईधनीले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।
Comment