नेप्से परिसूचकमा ९.८३ अंकको गिरावट, कारोबार रकम ६५ करोडमा सिमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचकमा ९.८३ अंकको गिरावट, कारोबार रकम ६५ करोडमा सिमित



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले घटेको छ । आज नेप्से ९.८३ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ९६ विन्दुमा पुगेर बन्द भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स १.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ६५ करोड ५७ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२९ कम्पनीमध्ये ३७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। जसमा सामलिङ पावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५३१.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज प्रभु बैंक डिबेञ्चर र गरिमा डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ५८ लाख ६८ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार १५:५७