कुमारी बैंकले एकैपटक सञ्चालनमा ल्यायो नयाँ शाखासहित १० एक्सटेन्सन काउण्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

कुमारी बैंकले एकैपटक सञ्चालनमा ल्यायो नयाँ शाखासहित १० एक्सटेन्सन काउण्टर

काठमाडौं । कुमारी बैंकले एकैपटक एक नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र विभिन्न स्थानमा एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको हो ।

बैंकले काठमाडौंको बल्खु, ईन्द्रायणी, गैरीगाँउ, झोर, आरुवारी, जैसिदेवल, महाराजगंज, छाउनी, भक्तपुरको नेकोसेरा र धनुषाको जनकपुरधाममा गरी थप १० वटा एक्सटेन्सन काउन्टर स्थापना गरेको हो ।

विगत २१ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले हाल १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । र, आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार ११:३३ 22 September, 2022 11:33 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।