समता माइक्रोफाइनान्स वित्तिय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समता माइक्रोफाइनान्स वित्तिय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न



सिमरा, ९ पुस । सिमरास्थित समता माइक्रोफाइनान्स वित्तिय संस्थाको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको हो ।

वार्षिक साधारणसभाको उदघाटन गर्दै अध्यक्ष डम्मरमणि थे.वे लिम्वुले गत आर्थिक वर्ष करीव ७ हजार सदस्यहरुवीच करीव २३ करोड लगानी गरेको बताए । गत आर्थिक वर्ष संस्थाले करीव २५ करोडको कारोवार गरी करीव एक करोड रुपैया मुनाफा गरेको छ ।


साधारणसभामा प्रवन्ध सञ्चालक डा. मदन घिमिरेले चालु आर्थिक वर्ष १५ हजार सदस्यहरुवीच पचास करोड कारोवार पुर्याउने लक्ष्य रहेको बताए । साधारणसभामा बोल्दै बैंकका संस्थापक सदस्य डा. कृष्ण पौडेलले समुदायमा बचत र लघुकर्जा मार्फत सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्न जरुरी रहेको बताए ।

समता वित्तिय सहकारी संस्थामा ३० संस्थापकहरुको दुई करोड दश लाख रुपैया लगानी रहेको छ । यसै वर्ष संस्थाले सर्वसाधारणलाई करीव ९० लाख रुपैयाको साधारण शेयर जारी गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्तावसमेत रहेको प्रवन्ध सञ्चालक डा. घिमिरेले बताए  ।

प्रकाशित : ९ पुष २०७३, शनिबार १०:५२