बाबियाखर्क साकोसको २६ औँ वार्षिक साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाबियाखर्क साकोसको २६ औँ वार्षिक साधारण सभा



काठमाडौ । शान्तिनगर स्थित बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको सभापतित्वमा सम्पन्न सभामा संस्थाका सदस्य समेत रहेका रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेलाई अभिनन्दन गरिएको थियो ।

त्यसैगरी विभिन्न बिधाहरुमा योगदान गर्ने संस्थाका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । सभामा संस्थाका सचिब हरिप्रसाद घिमिरेले संचालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तीर्थराज घिमिरेले आर्थिक प्रतिवेदन, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गोबिन्द प्रसाद घिमिरेले लेखा सुपरीवेक्षण प्रतिवेदन मार्फत संस्थाका गतिविधिको जानकारी गराए ।

उक्त प्रतिवेदनहरुमा साकोसले प्रदान गर्ने सेवालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग मार्फत सञ्चालन भएको प्रस्तुत गरिएको थियो । सभाको उद्धघाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्यााएको योगदानको चर्चा गरे ।

उनले सहकारीले प्रदान गर्ने सेवाहरुले नेपालको गरिबि निवारण र सदस्यलाई स्वरोजगार बनाउने तर्फ केन्द्रीत हुन पर्नेमा जोड दिए । नेफ्स्कूनका महासचिब दामोदर अधिकारी, रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानेले सहकारीलेले समाजको आर्थिक सामाजिक र सांस्कृतिक पक्षको सकारात्मक परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार ११:२९