जेष्ट आइडियोलोजीले १५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जेष्ट आइडियोलोजीले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १५ प्रतिशत लाभांश दिने भएको छ। 

संस्थाको १३औं वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो। 

संस्थाको कोष हिसाब ४८.४७ प्रतिशतले वृद्धि भई १६ करोड ६६ लाख ८६ हजार नौ सय ९९ रुपैयाँ पुगेको छ। गत वर्ष संस्थाको कोषमा ११ करोड २२ लाख ६८ हजार चार सय ५७ रुपैयाँ थियो।  

आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड ९४ लाख ३६ हजार पाँच सय रुपैयाँ सेयर पुँजी रहेको संस्थाको आर्थिक वर्ष २०७८/०७९ मा ४.२६ प्रतिशतले वृद्धि भई १० करोड ३६ लाख ८० हजार नौ सय रुपैयाँ पुगेको छ। 

आ.व.२०७८/०७९ मा निक्षेप संकलन १३.३४ प्रतिशतले वृद्धि भई एक अर्ब ६६ करोड २१ लाख २३ हजार पाँच सय ९५ रुपैयाँ रहेको कार्कीले जानकारी दिए। 

संस्थाले दुई अर्ब चार करोड ४६ लाख ८५ हजार ५३ रुपैयाँ कर्जा लगानी गरी छ करोड नौ लाख ४७ हजार सात सय ६१ रुपैयाँ नाफा गरेको छ। 

१८.४४ प्रतिशतले वृद्धि भई संस्थाको कुल सम्पत्ति दुई अर्ब ३८ करोड ५४ लाख पुगेको छ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार १८:३२