प्रभु बैंक र डि.जे. लावन्ज बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंक र डि.जे. लावन्ज बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित डि.जे. लावन्ज बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र डि.जे. लावन्जका तर्फबाट प्रबन्ध निर्देशक बिरु जोशीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त लावन्ज बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुलाई डि.जे. लावन्जद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत डि.जे. लावन्जमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, डि.जे. लावन्जका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको जनाएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १६:०२