आस्वा प्रणालीमा सहभागी हुन ११ बैंकलाई अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आस्वा प्रणालीमा सहभागी हुन ११ बैंकलाई अनुमति



काठमाडाै ८ पुस । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीमा सहभागी हुन ११ वटा बैंकलाई अनुमति दिएको छ । सेयर आवेदन दिएपछि बैंक खातामा पैसा ब्लक गर्ने प्रणाली आस्वा आगामी माघदेखि लागू हुँदैछ ।

यही प्रणाली कार्यान्वयन गर्न धितोपत्र बोर्डले ११ वटा बैंक तथा वित्तीय संस्था संस्थालाई अनुमति दिएको हो । सेञ्चुरी कमर्सीयल, सनराइज, कैलाश विकास बैंक, एस डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक, एनबी बैंक र कुमारी बैंकलाई अनुमति दिएको हो।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार १०:३५