साउनमा विदेशी मुद्राको सञ्चिति १.२ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साउनमा विदेशी मुद्राको सञ्चिति १.२ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशी मुद्रा सञ्चिती घटेको छ । राष्ट्र बैंकका अनुुसार गत असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिती १.५ प्रतिशतले घटेर साउन सम्ममा ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ ।

गएको असारसम्म अमेरिकी डलरमा यस्तो सञ्चिती ९ अर्ब ५४ करोड रहेको थियो । साउनमा १.२ प्रतिशतले कम भई ९ अर्ब ४२ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती गएको असारमा १० खर्ब ५६ अर्ब ३९ करोड थियो । साउनमा ०.७ प्रतिशतले कम भई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग गएको असारसम्म विदेशी विनिमय सञ्चिती १ खर्ब ५९ अर्ब ४१ करोड थियो । साउनमा ६.७ प्रतिशतले कम भई १ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ । साउनको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ३० भाद्र २०७९, बिहीबार १७:४१