एनआईसी एशिया बैंकको खातामा अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकको खातामा अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने सेवा सुरु



काठमाडौं । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशबाट अब भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ।

बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकसामु यो नवीन सेवाको सुरुआत गरेको हो। अमेरिका, बेलायत, क्यानडा, युरोप, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरबजस्ता विश्वका १०० बढी देशबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् र यस सेवाअन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यो बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ। त्यसका लागि रकम पठाउने विदेशी तथा स्वदेशी ग्राहकले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरुमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन्।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिट्यान्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ।

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा एनआईसी एशिया मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई बैंकिङ सेवा दिन बैंक सफल भएको छ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु। १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरु स्थापना गरेको छ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार १६:२४