मोटरसाइकलको तेस्रो पक्ष बीमामा सगरमाथा इन्स्योरेन्सको विशेष योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मोटरसाइकलको तेस्रो पक्ष बीमामा सगरमाथा इन्स्योरेन्सको विशेष योजना



काठमाडौं । यातायात व्यवस्था विभागले अनिवार्य गरेको दुई पाङ्ग्रे सवारीसाधनको तेस्रो पक्ष बीमा किन र केको लागि गरिन्छ भन्ने आम सवारी चालकलाई थाहा नभएको हुन सक्छ । यसबारे सगरमाथा इन्स्योरेन्सले आम जनमानसलाई आवश्यक पर्ने सूचना दिन विशेष कार्यक्रम संचालन गरिरहेको छ ।

दुई पाङ्ग्रे सवारीको तेस्रो पक्ष बीमाले आफ्नो सवारी वाहेक अन्य सवारी साधनसँग ठोकिएर अरुको सवारीसाधन र सम्पतीको क्षती भएमा २५ लाख सम्मको क्षती कभरेज गर्र्छ । त्यस्तै दुर्घटनामा मानवीय क्षति नै भको खण्डमा पनि २५ लाखसम्मको क्षतिपूर्ति बीमाले गर्छ । त्यसैले त सरकारले पनि तेस्रो पक्ष बीमा अनिवार्य गरेको हो ।

तेस्रो पक्षा बीमा पोलीसीले बीमीत मोटरसाइकल वा स्कुटरमा सवार चालक र पछाडि बस्ने यात्रु दुर्घटनामा पर्न सक्ने सम्भावना त्यति हुन्छ । त्यसबाट उत्पन्न हुने जोखिम न्यूनिकरण गर्न जनही ५ लाखका दरले दुर्घटना जोखिम वहन गर्ने ब्यवस्था गरिएको हुन्छ । दुर्घटनामा औषधोपचारका लागि अधिकतम ३ लाख र मानिसको मृत्यु नै भएमा हकवालालाई अधिकतम ५ लाखसम्मको क्षतिपूर्ति प्रदान गर्नेछ ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार १३:४१