दलहरुका घोषणापत्रमा सहकारीका मुद्दाहरुलाई समावेश गर्न महासंघको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दलहरुका घोषणापत्रमा सहकारीका मुद्दाहरुलाई समावेश गर्न महासंघको माग



काठमाडौं ।राष्ट्रिय सहकारी महासंघले २०७९ मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीहरुको घोषणापत्रमा सहकारीका मुद्दाहरुलाई समेट्न सुझाव बुझाएको छ ।

मंगलबार महासंघका अध्यक्ष मिनराज कडेल र वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले नेकपा (एमाले)का महासविच शंकर पोखरेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई घोषणापत्रमा सहकारीका मुद्दा सम्टेन आग्रह गर्दै सुझाव दिएका छन् ।

आगामी संसदीय निर्वाचनका लागि पार्टीहरु घोषणापत्र तयारीमा जुटिरहेको समयमा महासंघले सहकारी अभियानकोतर्फबाट दलहरुलाई सुझाव दिन थालेको हो । महासंघका अध्यक्ष मिनराज कँडेलले सबै दललाई सुझाव दिने तयारी गरिरहेको बताए ।

‘हामीले दलहरुलाई सहकारीको अभियानकोतर्फबाट घोषणपत्रमा समेट्नुपर्ने सहकारीका मुद्दाका विषयमा बुँदागत रुपमा सुझाव पेश गरेका छौं । उहाँहरु सकारात्मक रहेको र प्राप्त सुझावलाई अध्ययन गरेर समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, कँडेलले बताए । कतिपय दलहरुले महासंघमा सम्र्पक गरेर समेत समेट्नुपर्ने विषय माग गरेका छन् । ‘अन्य दलहरुसँग पनि समय मिलाई रहेका छौं छिट्टै सुझाव दिने छौं’ कडेलले बताए ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलवार १७:३५