महानगरपालिकाका सहकारीलाई सर्कुलरः साधारणसभामा मन्तव्यका कायक्रम नराख्नु , १५ दिनभित्र विवरण बुझाउनु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महानगरपालिकाका सहकारीलाई सर्कुलरः साधारणसभामा मन्तव्यका कायक्रम नराख्नु , १५ दिनभित्र विवरण बुझाउनु



काठमाडाै । काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागले सहकारी संस्थालाई विवरण बुझाउन सूचना जारी गरेको छ। महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा १५ दिनभित्र आफ्नो विवरणसहित महानगरमा उपस्थित हुन सूचना जारी गरेको हो।

विभागले सहकारी काठमाडौं महानगरपालिका भित्र मात्र कार्यक्षेत्र भएका संस्थालाई पुस मसान्त भित्र साधारणसभा सम्पन्न गरी पारित प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउन भनेको हो । महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारणसभामा सदस्यहरुको भमिकालाई अझ सक्रिय बनाउन उदघाटन सत्रलाई तथा मन्तव्यका कायक्रम नराखी सोझै एजेण्डा उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ । विभागले सहकारी संस्थालाई जारी गरेको ९ बुँदे निर्देशनमा उक्त व्यवस्था उल्लेख छ ।

प्रतिवेदनमा सदस्य संख्या, सेयरपुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेश गरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन सूचना जारी गरेको छ।

काठमाडौं महानगरले सहकारी संस्थामा सदस्य बनाएरमात्र कारोबार गर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिको लागि अनुरोध गर्न सूचनामा उल्लेख छ।लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न भनेको छ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलवार १६:२२