एससिटीको दमदार दसैँ धमाका, थ्री डी अफर र तेत्तिस प्रतिशतसम्म छुटको व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एससिटीको दमदार दसैँ धमाका, थ्री डी अफर र तेत्तिस प्रतिशतसम्म छुटको व्यवस्था



काठमाडौँ । नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ । हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।


साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आउनु भएका ग्राहकहरुले पनि यो अफर मार्फत रू. १,२०० सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । मात्र रू. १,५०० बराबर को पोस कारोबारमा रू. ५०० र रू. ३,००० को कारोबार मा रू. १,००० क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३५ सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन । अफरको बिस्तृत विवरण एससिटीको आधिकारिक वेबसाईटमा राखिएको छ ।
यो अफर असोज महिना भरि लागु हुनेछ ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार १७:१७