ग्लोबल पलिसी फोरम, २०२२ सम्पन्न,गभर्नर अधिकारी सार्फीकाे उपाध्यक्षमा चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल पलिसी फोरम, २०२२ सम्पन्न,गभर्नर अधिकारी सार्फीकाे उपाध्यक्षमा चयन



काठमाडौं । माल्दीभ्सको केन्द्रिय बैंक माल्दीभ्स मनिटरी अथोरिटीका गर्भनर अलि हसिम अध्यक्ष र गर्भनर महाप्रसाद अधिकारी सार्फीको उपाध्य्रक्षमा चयन भएका छन् । कार्यक्रममा दक्षिण एसिया क्षेत्रमा वित्तिय समाबेशीकरणको प्रवद्धनका निम्ती नितिगत व्यवस्थाको तर्जुमा र सोको कार्यान्वयनलाई सवल बनाउने सामुहिक अभ्यास स्वरुप सार्फिको शुभारम्भ भएको हो ।

गभर्नर महाप्रसाद अधिकारी एएफआइ र सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा सन् २०२२ सेप्टेम्बर ५ देखि ८ मा जोर्डनको डेड सीमा आयोजित ग्लोबल पोलिसी फोरम २०२२ मा भएका भएका थिए ।

सो कार्यक्रमको अबसरमा गर्भनर अधिकारीले सेप्टेम्बर ५ मा एएफआईको बोर्ड अफ डाइरेक्टर्स मिटिङ, सेप्टेम्बर ६ मा बार्षिक बैठक, एएफआई लिडस् पिपिडी, राउण्डटेबल र सेप्टेम्बर ७ मा २०२२ एफआई जिपिएफको शुभारम्भ समारोह लगाएतका कार्यक्रममा सहभागि भएका थिए ।

गर्भनर अधिकारीले विभिन्न विषयमा थिम सेटर बक्ताको रुपमा डिजिटल फाइनान्सका आयाम , यसले लघ, साना तथा मझौला उद्योगलाई पुग्ने सहयोग, नियमनकारी संस्थाका चुनौति लगाएतका विषयमा प्रकाश पारेका थिए ।

साथै, सेप्टेम्बरमा आयोजित एक समारोहका बीच एसएआरएफआइआइ को औपचारिक शुभारम्भ पनि भएको थियो । सो समारोहमा एएफआई मा आवद्ध केन्द्रिय बैंक र अन्य सदस्य संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।


प्रकाशित : २७ भाद्र २०७९, सोमबार १२:०५