नेचुरल साकोसले १५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेचुरल साकोसले १५ प्रतिशत लाभांश दिने



काठमाडाैं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

त्यस्तै शनिबार नै का.म.न.पा.–७, टुसाल स्थित संस्थाको ७ तले कर्पोरेट कार्यालय बागमती प्रदेश सांसद माननीय प्रभात तामाङले उद्घाटन गरेका छन् ।

संस्थाका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा सम्पन्न साधारण सभाकोे प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय प्रभात तामाङ रहेका थिए ।

साधारण सभाले विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गरेको छ । साधारण सभाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।

गत वर्ष १३ प्रतिशत लाभांश दिएको संस्थाले यस वर्ष १५ प्रतिशत दिन सफल भएको संस्थाका प्रमुख कार्यकारी विकल्प पाठकले जानकारी दिए । सदस्यहरुको साथ र सहयोगले विषम परिस्थितीमा पनि संस्थाले वित्तीय छलाङ मारेको पाठकको भनाई छ ।

१० हजार सदस्यको ३० करोड सेयर पुँजी रहेको संस्थाले करिब ३ अर्बको कारोबार गर्दै आएको छ ।

प्रकाशित : २६ भाद्र २०७९, आईतवार ०७:३१