अब यी बैंकबाट आइपिओ भर्दा शुल्क लाग्दैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब यी बैंकबाट आइपिओ भर्दा शुल्क लाग्दैन



काठमाडाै । नेपाल धितो पत्र बोर्ड ( सेबोन)ले सिआश्वा शुल्क कटाैती गरे संगै बैंक तथा वित्तीय संस्थाहरुले निशुल्क सेवाको अभियानलाई आगाडी बढाएका छन् । यही अभियान अन्तर्गत सिआस्वा शुल्क नलिने बैंकको संख्या ७ पुगेको हो । जसमध्ये सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक, सानिमा बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले निशुल्क सेवा दिने भएका हुन ।

एक सय रुपैयाँसम्म शुल्क लिएको गुनासो बढ्दै गएपछि सेबोनले शुल्क घटाउँदै अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।यसअघि धितोपत्र खरिद (दोस्रो संशोधन) निर्देशिका, २०७३ ले धितोपत्र निष्कासन तथा सी–आश्वा सेवा प्रदान गरेबापत सेवा प्रदायकले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।
नयाँ व्यवस्था लागू भएसँगै ५ मध्ये एक रुपैयाँ सेयर निष्काशनकर्ता अर्थात् मर्चेन्ट बैंकर्सलाई, एक रुपैयाँ सिडिएस एण्ड क्लियरिङलाई र बाँकी रहेको तीन रुपैयाँ बैंकलाई छुट्याइने गरी निर्देशिका पुन: संशोधन भएको थियो । बैंकहरूले सी–आश्वा शुल्क बढी लिइरहँदा आईपीओ नपर्नेहरूका लागि शुल्क मात्र बुझाएर हैरान भएर आईपीओ भर्न छाडेको लगानीकर्ताहरूको बढेको थियो ।

प्रकाशित : 9 September, 2022 12:57 pm