सरकारले सुनको अण्डा दिने कुखुरो काट्न खोज्योः नेप्से कर्मचारी संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारले सुनको अण्डा दिने कुखुरो काट्न खोज्योः नेप्से कर्मचारी संघ



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे कर्मचारी संघले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेकाे बताएकाे छ । संघले नेप्सेको पुनः संरचना गर्नुपर्नेमा जाेड दिएकाे छ ।

कर्मचारी संघले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न ८ वटा मुख्य बुँदाका आधारमा आफ्नो धारणा व्यक्त गरेको छ । संघले नेप्से नै सरकारलाई सुनको अण्डा दिने कुुखुरो रहेको बताएको छ । सरकारलाई सुनको अण्डा दिने कुखुरो काटेर मास्न लगाएको उनीहरूको आरोप छ।

प्रकाशित : 8 September, 2022 5:57 pm