काठमाडौं । नेपाल पूँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले पुँजीबजार राजधानी खाल्टो र देशका प्रमुख शहरहरुमा मात्र सिमित नभई देशको हरेक कुना कुनामा रहेका लगानीकर्ताको पहुँचमा पुग्नु जरुरी रहेको बताएकी छन् ।
नेपाल धितोपत्र बोर्डले (लाइसेन्स) लाई खुला रुपमा वितरण गर्ने व्यवस्था प्रस्ताव गरेको नियमावलीमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा संशोधन गर्दै नयाँ ब्रोकर लाइसेन्सका बाटो खुल्ला गरेको प्रति खुसी व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्, ‘नेपाल सरकारले २०७५/८/२० मा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरि “पुँजी बजार र मुद्रा बजारको समस्याहरु” राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कमिटीमा “ स्वयम् म पनि सदस्य रहेको थिएँ । वित्तिय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरि बजारका समस्याहरुमा ५८ वटा बुद्धा सहित वैंकलाई ब्रोकर सुझाव पेश गरिएको थियो । र, जस्मा अल्पकालिक, मध्यकालीन, र दिर्घकालिन भनेर बर्गिकरण गरिएको थियो’।
त्यहि अनुरुपको कार्यको लागि संघले बिगत ४/५ बर्ष देखि निति बनाउँने देखि कार्यान्वयन तहको लागि पहल गर्दै पछिल्लो समय प्रधानमंत्री ज्यू सामुन्ने पनि छलफल गरिएको थियो ।
जवसम्म जग बलियो हुँदैन तबसम्म घर बलियो हुँदैन यसर्थ नेपाल सरकारले गरेको यो व्यवस्थाहरुले लगानीकर्ताहरुको चर्राईं रहेको घाउँमा मल्हमपट्टी लाग्ने आशा राख्दै, बामे सर्दै गरेको पुँजीबजामा कोसेढुंगा सावित हुनेछ ।
धितोपत्र बोर्डको यो कार्य स्वागत योग्य छ । पछिल्लो नेपाल सरकारको निर्णयले धितोपत्र बजारमा बिधमान रहेको सिन्डिकेट तोडिने र बजारको यथोचित बृद्दी बिकाश हुनेमा हामी आम लगानीकर्तामा हर्षोल्लाष छाएको छ । यस कार्यको लागी नेपाल सरकार र बोर्ड अध्यक्ष रमेश हमाल ज्यू लगाएत बोर्ड परिवारलाई विशेष धन्यवाद ।





Comment